सुबिसुले ल्यायो भयंकर अफर, विजेताले स्मार्ट टिभी पाउने

Advertisement

काठमाडौं । सुबिसु केबलनेटले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुसँग खुशी साट्ने उद्देश्यले 'सुबिसु भयंकर अफर' सार्वजनिक गरेको छ ।

कम्पनीले ल्याएको नयाँ अफरमा रिटेल ग्राहकहरुका लागि क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु घोषणा गरेको छ ।

क्लियर टिभी प्रिमियम प्याक अफर 

कम्पनीकाअनुसार क्लियर टिभि सेवाअन्तर्गत मात्र ९ सय ९९ रुपैयाँ (कर सहित) मा १ महिनाको प्रिमियम सेवा (२६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा (७० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट–टपबक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।

सुविसु इन्टरनेट फाष्ट प्याक अफर 
इन्टरनेट सेवाअन्तर्गत १५ एमबीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथै मोडेम र जडान सेवा मात्र १५ सय रुपैयाँ (कर सहित)मा प्राप्त गर्न सकिनेछ ।

सुविसु इन्टरनेट एण्ड क्लियर टिभी कम्बो प्याक अफर

इन्टरनेट र क्लियर टिभि सेवाअन्र्तगत मात्र २३ सय रुपैयाँ (कर सहित) मा १ महिनाका लागि २३ एमबीपीएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२६५भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढी एचडि च्यानलहरु) साथैं मोडेम, सेट-टपबक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।

यसका साथै सम्पुर्ण ग्राहकहरुमध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि निशुल्क सब्सक्रिप्सन प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

यो योजनाअन्तरगत बम्पर उपहार स्वरुप १ जना भाग्यशाली ग्राहकले स्मार्ट टिभी प्राप्त गर्ने र सो बिजेताको घोषणा कम्पनीले आफ्नो वेबसाइटको १८ औं वार्षिकोत्सव पेज मार्फत गर्ने  जनाएको छ ।

Advertisement

Advertisement

Advertisement