श्रृखला राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडर

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले समेत साहस गर्दै मिस नेपाल २०१८ लाई आफ्नो ब्राण्ड एम्बासडर बनाउने निर्णय गरेको छ । यस्ता कामहरुमा निजी क्षेत्रका बैंकह?ले अगाडि हुने गरेकोमा यस पटक बाणिज्य बैंकले मिस नेपाललाई ब्राण्ड एम्बासडर बनाएको हो ।

बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि श्रृखलालाई ब्राण्ड एम्बासडर बनाउन दि हिडन ट्रेजरसँग सम्झौता गर्यो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ र हिडन ट्रेजर अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरे ।

मिस नेपाल श्रृखलाले आफू सरकारी स्वमात्विमा रहेको बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा खुसी लागेको बताइन् । ब्राण्ड एम्बासडरवापतको पैसा हिडन ट्रेजर र श्रृखलाले बाँडेर लिनेछन् । दुवै पक्षबीच कति रकममा सम्झौता भएको हो ? र श्रृखलाले कति रकम पाउने हो ? सम्वन्धित पक्षले खुलाउन चाहेनन् ।

Advertisement

Advertisement

Advertisement