काठमाडौं। नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई आइपीओ जारी गर्ने अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित स्थानीयका लागि १८ लाख कित्ता आइपीओ बिक्री गर्न कम्पनीलाई अनुमति दिएको हो । यसको बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल मार्केटले गर्नेछ ।
कम्पनीले जारी गर्न लागेको उक्त आइपीओ दोलखा जिल्लाका आयोजना प्रभावितले मात्र भर्न पाउनेछन् । आयोजना प्रभावितलाई बिक्री गरिसकेपछि मात्र सर्वसाधारणका लागि आइपीओ जारी हुनेछ । ग्रीनलाइफले दोलखा जिल्लामा १ मेगावाटको खानीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।