बम्जनको आश्रममा सिआइबीको छापा, केही शंकास्पद बस्तु संकलन

Advertisement

काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै वहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्व पयर्टन मन्त्रीद्धय जितेन्द्र देव र जीवनबहादुर शाहीलाई कारवाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

सोमबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सोही समितिले गठन गरेको उपसमितिले पेश गरेको प्रतिवेदन अपूरो रहेको भन्दै प्रतिवेदन संशोधन गर्ने निर्देशन दिइएको थियो । सोमबारको बैठकमा उक्त प्रतिवेदन संशोधन गरेर पेश गरिएसँगै कारवाहीका लागि सिफारिस गरिएको हो ।

तर समितिले गृहसचिव प्रेम राईलाई भने उन्मुक्ति दिएको छ ।जहाज खरिदका क्रममा मुलुकलाई करिब साढे चार अर्ब रुपियाँ आर्थिक नोक्सानी पुर्याइएको उससमितिको जिकिर छ । नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारल्े भने विमान खरिदमा कुनै भ्रष्टाचार नभएको र अरुले भने सस्तोमा जहाज ल्याएको भन्दै निगमलाई जहाज ल्याउन नदिने गिरोहले हल्ला मच्चाएको दावी गरेका छन् । समितिले भने कंसाकारलाई मुख्य दोषी ठहर गर्दै तत्काल निलम्बन गर्न पनि आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement