वाइडबडी प्रकरणमा बहालवाला र दुई पूर्वमन्त्रीलाई समेत कारबाही गर्न लेखा समितिको सिफारिस

Advertisement

काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै वहालवाला पर्यटनमन्त्री रबिन्द्र अधिकारी, पूर्व पयर्टन मन्त्रीहरुद्धय जितेन्द्र नारायण देव र जीवन बहादुर शाहीलाई कारवाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

सोमबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि उपसमितिले पेश गरेको प्रतिवेदनमा विबाद भएपछि उपमितिलाई प्रतिवेलन संशोधन गर्ने निर्देशन दिइएको थियो । आजको ब्रठकमा उक्त प्रतिवेदन संशोधन गरेर पेश गरिएको थियो ।

उपसमितिले पेश गरेको सिफारिसको आधारमा लेखा समितिले पनि पर्यटनमन्त्री रबिन्द्र अधिकारी, पूर्व पयर्टन मन्त्रीहरुद्धय जितेन्द्र नारायण देव र जीवन बहादुर शाहीलाई कारवाही गर्न सरकारलाई सिफारिस गरेको हो । तर गृहसचिव प्रेम राईलाई भने उन्मुक्ति दिएको छ ।जहाज खरिदका क्रममा मुलुकलाई करिब साढे ४ अर्ब रुपैयाँ आर्थिक नोक्सानी पुर्याएको ठहर उससमितिले गरेको थियो ।

तत्कालीन अवस्थामा कार्यकारी भूमिकामा रहेका नेपाल वायुसेवा निमगका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गर्दै तत्काल निलम्बन गर्दै कारवाही गर्न उससमितिले सिफारिस गरेको थियो । उपसमितिले गरेको सिफारिसको आधामार लेखा समितिले पनि सरकारलाई सिफारिस गरेको हो ।

‘महालेखा परीक्षकको प्रतिवेदनको सम्परीक्षण र बेरुजु फस्र्यौट गर्ने विम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयका सचिवको प्रमुख दायित्व हुने र सचिव नै वायुसेवा निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ विपरीत हुने गरी अनियमित तरिकाले विमान खरिद कारबाही अगाडि बढ्दा पनि विभागीय मन्त्रीको रुपमा बहाल रहेको अवस्थामा यथेष्ठ सतर्कता नअपनाएको देखिँदा वहालवाला र पूर्वमन्त्रीले नैतिक जिम्मेवारी मात्र लिनुपर्ने उल्लेख रहेको थियो ।

Advertisement

Advertisement

Advertisement