दिनहुँ बढ्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौं । साताको पाँचौ दिन आज बिहिवार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला ६० हजार एक सय रुपियाँमा कारोबार भइरहेको छापावाला  सुनको मूल्य आज छ सय रुपियाँले बढेर तोलाको ६० हजार सात रुपियाँ पुगेको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५२ हजार ४० रुपियाँ कायम गरेको गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि पाँच रुपियाँले बढेर सात सय ६५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ५६ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement