एनएमबि बैंकले पारित गर्यो ३० प्रतिशत लाभांश

Advertisement

काठमाडौं । एनएमबि बैंकले गत बर्षको मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको बिहीबार सम्पन्न २३औं बार्षिक साधारणसभाले उक्त मुनाफा वितरणसम्वन्धी प्रस्ताव पारित गरेको हो ।

मुनाफामध्ये १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गरिने छ । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी नौ अर्ब ६१ करोड पुग्नेछ । एनएमबि बैंकको हाल मुलुकभर ११० वटा शाखा, चार एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम रहेका छन् ।

Advertisement

Advertisement

Advertisement