भारतले नेपाल सरकारका ६२ कर्मचारीहरुलाई तालिम दिँदै

Advertisement

काठमाडौं । भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ आइटीसीई अन्तर्गत नेपाल सरकार अर्थ मन्त्रालयका ६२ कर्मचारीहरुहरुलाई 'ग्लोबल प्रेस्पेक्टिभ्स अन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट' विषयमा विशेष तालिको आयोजना गरेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तीका अनुसार यस अघि नेपाल सरकार अर्थ मन्त्रालयले भारत सरकारलाई नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत ती कर्मचारीहरुलाई उक्त तालिम प्रदान गर्न अनुरोध गरेको थियो ।

नेपालको अर्थ मन्त्रालयको आवश्यकता अनुरुप तयार पारिएको यो कार्यक्रम इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स आइएनजीएएफमा सञ्चालन भइरहेको छ । यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखा परीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्ने विश्वास विज्ञप्तीमा उल्लेख गरिएको छ । यो तालिम ३ ब्याचमा सञ्चालन गरिनेछ ।



आइएनजीएएफ भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ आइटीसीई अन्तर्गत मित्र राष्ट्रहरुका कर्मचारीहरुलाई तालिम प्रदान गर्ने साझेदार संस्था हो । विश्वव्यापी कार्यक्रमका अतिरिक्त आइएनजीएएफले छिमेकी राष्ट्रहरु अफगानिस्तान, बंगलादेश, भूटान, माल्दिभ्स तथा श्रीलंका का कर्मचारीहरुलाई पनि विशेष तालिम प्रदान गर्दै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रथम ब्याचका २० नेपाली कर्मचारीहरुहरुले आजदेखि नयाँ दिल्ली स्थित इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्समा तालिम लिइरहेका छन् ।
आइएनजीएएफ भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो । अर्थ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्था बिभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरुसंग आबद्ध छ ।

Advertisement

Advertisement

Advertisement