प्रभु मनि ट्रान्सफरबाट पठाएको पैसा नेपाल बंगलादेश बैंकका शाखाबाट भुक्तानी गर्न सकिने

Advertisement

काठमाडौं । नेपाल बंगलादेश बैंक र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवा सम्झौतामा भएको छ । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकको तर्फबाट प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट नायव महा प्रबन्धक रामेश्वर सापकोटाले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।


सम्झौता अनुसार प्रभु मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंकको शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै प्रभु मनि ट्रान्सफर मार्फत आन्तरिक विप्रेषण कार्य गर्न सक्ने भएको छ । नेपाल बंगलादेश बैंक लिमिटेडको नेपाल भरी ८१ वटा शाखाहरु रहेका छन् । प्रभु मनि ट्रान्सफरको नेपालमा ७५ वटै जिल्लामा ८ हजार भन्दा बढि सब–ऐजेन्टहरु छन् ।

Advertisement

Advertisement

Advertisement