साताको पहिलो  दिन नेप्सेमा ८.६२ अंकको गिरावट

Advertisement

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा ८ दशमलव ६२ अंकको गिरावट आएको छ । बिहान बजार खुल्दा एक हजार एक सया ८७ दसमलव ७७ अंकमा रहेको नेप्से दिउसो बजार बन्द हुँदा एक हजार एक सय ७९ दशमलव १७ अंकमा पुगेको छ ।

आज नेप्से परिसुचक घटेसँगै कारोबारको मात्रामा पनि कमि आएको छ । आज स्टक एक्स्चेन्जमा ३६ करोड ४५ लाख मूल्य पर्ने १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता सेयरको कारोबार भएको छ । आज नेप्सेको सिस्टममा समस्या आउँदा केहीबेर कारोबारमा अबरोध आएको थियो ।

आइतबारको कारोबारमा होटल, व्यापार र वित्त बाहेकका सबै समूहका उपसुचकहरुमा गिरावट आएको छ । आज नेप्से सुच घट्नुमा बीमा, जलविद्युत, लघुवित्त, विकास बैंक सर बैंकिङ समूहका सुचकहरुको मुख्य भूमिका रह्यो ।

निर्जीवन बीमा, बीमा, जलविद्युत र लघुवित्त समूहका सुचकहरुमा आज दोहोरो अंकको गिरावट आएको छ । यसै गरि विकास बैंक, बैंकिङ, उत्पादन र अन्य समूहका सुचकहरु क्रमशः ११ दशमलव १७, पाँग दशमलव ०६, पाँच दशमलव ०८, ८ दशमलव ३६ अंकले बढेका छन् ।

Advertisement

Advertisement

Advertisement