धरौटी नबढाउन कसरत गर्दै म्यानपावर कम्पनीहरु

Advertisement

काठमाडौं । म्यानपावर कम्पनीको धरौटी बढाउन नदिन वैदेशिक रोजगार व्यवसायीले चलखेल सुरु गरेका छन् । सरकारले म्यानपावर कम्पनीको धरौटी बढाउने तयारी गरेपछि व्यवसायी शक्ति केन्द्रहरु धाउँदै रोक्ने अन्तिम कसरतमा लागेका हुन ।

सरकारले म्यानपावर व्यवसायीको धरौटी बढाउन संसद्मा प्रस्ताव पठाएको छ । व्यवसायीले यद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति लगायत शक्ति केन्द्र धाउँदै धरोटी बढाउने सरकारको प्रस्ताव रोक्न जोड गरिहेका छन् ।

व्यवसायीले केही दिनअघि कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई समेत धरौटी नबढाउन आग्रह गरेका थिए ।
आजको अन्नपूर्ण दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement