राष्ट्र बैंकले खोज्न थाल्यो पर्यटकीय होटल

Advertisement

काठमाडौँ। सरकारले पर्यटन क्षेत्रमा गरेको लगानी तथा प्रचार प्रसारका कारण पछिल्लो दिनमा पर्यटकस्तरीय भौतिक पूर्वाधारको विकासमा गुणस्तरीय उपलब्धि देखिन थालेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो एक अध्ययनमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा पर्यटकस्तरीय होटलको सङ्ख्या वृद्धि भएको पाइएको छ । बैंकका अनुसार पोखरामा धेरै होटल निर्माण भएका छन् । प्रतिशतका आधारमा ३१ दशमलव ८ प्रतिशत होटल पोखरा क्षेत्रमा निर्माण भएका छन् । अध्ययनमा समेटिएका जिल्लामा पर्यटकस्तरीय होटल तथा लजको सङ्ख्या १२ प्रतिशतले वृद्धि भई दुई हजार ८६० पुगेको छ भने होटल श्यया सङ्ख्या ८ दशमलव ७ प्रतिशतले वृद्धि भई ७५ हजार ७९२ पुगेको छ ।

बैंकले कूल ७७ मध्ये ४७ जिल्लामा अध्ययन गरेको थियो । आर्थिक वर्ष २०७४÷७५ मा गरिएको अध्ययनलाई बैंकले सार्वजनिक गरेको हो । बैंकका अनुसार पर्यटक आगमन सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

पछिल्लो दिनमा घर÷भवन नक्सा पास गराउनेको सङ्ख्यामा ४९ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा त्यस्तो सङ्ख्या ३१ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । विराटनगर र धनगढी क्षेत्रमा घर÷भवन नक्शा पास सङ्ख्यामा क्रमशः २ दशमलव ४ र ७ दशमलव ३ प्रतिशतले ह्रास आएको छ भने बाँकी अन्य क्षेत्रमा उल्लेख्य दरमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा घरजग्गा रजिष्टे«शन सङ्ख्या १० दशमलव ५ प्रतिशतले वृद्धि भएकामा समीक्षा वर्षमा ८ दशमलव ५ प्रतिशतले घटेको छ । घर जग्गा रजिष्ट्रेशनवापतको राजस्वमा ० दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष यस्तो राजस्व ३९ दशमलव ५ प्रतिशतले बढेको थियो । क्षेत्रगतरुपमा घरजग्गा रजिष्ट्रेशनवापतको राजस्व सङ्कलनमा वीरगञ्ज, पोखरा र सिद्धार्थनगर क्षेत्रमा क्रमशः १० दशमलव ९, ११ दशमलव २ र २४ दशमलव ७ प्रतिशतले कमी आएको छ भने बाँकी सबै क्षेत्रमा वृद्धि भएको छ । त्यसमा धनगढी क्षेत्रमा सबैभन्दा बढी अर्थात् ५१ प्रतिशतले र काठमाडौँ क्षेत्रमा सबैभन्दा कम अर्थात् ० दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।

Advertisement

Advertisement