बैंकको ब्याजदर नियन्त्रण गर्न महासंघले अर्थ मन्त्रालय र राष्ट्र बैंक गुहार्र्यो

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुको ब्याजदर बढि भएको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । ब्याजदर नियन्त्रण गर्न सरकारले कानुनीरुपमा नमिल्ने भए पछि महासंघले सरकारसँग नियन्त्रणको माग गरेको हो ।

महासंघले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रका पदाधिकारीस“ग निरन्तररूपमा भेटवार्ता गरी विगत दुई वर्षदेखि बैंक तथा वित्तीय स“स्थाहरूबाट एक तर्फिरूपमा बढाइएको ऋणको ब्याज दर अत्यधिक भएकोले उद्योग व्यवसाय क्षेत्रको लागत मूल्य वृद्धि भई संचालनमा कठिनाई भोगिरहेको कुरा ध्यानाकर्षण गराइएको भन्दै तर पनि समस्या समाधान गर्न कतैबाट पहल नभएको गुनासो गरेको छ ।

महासंघले उठाएका विषयलाई सम्बन्धित निकायबाट प्राथमिकता दिई ब्याजदर वृद्धिलाई नियन्त्रण गरी समस्या समाधान गर्ने प्रतिवद्धताका वावजुद पनि चर्को ब्याजदर नियन्त्रण गर्ने तर्फ कुनै प्रगति नहु“दा त्यसबाट मुलुकभरका उद्योग व्यवसाय क्षेत्र निकै प्रताडीत हुन पुगेका उसको ठहर छ । महासंघले चर्को व्याजदर वृद्धिका कारणले एकातर्फ निजी क्षेत्रबाट निर्माणाधिन परियोजनाको लागत बृद्धि भएको र अर्कोतर्फ नया“ परियोजना ल्याउन नसकिरहेको जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको आइतबार भएको नवौ कार्यकारिणी समिति बैठकमा यसै विषयमा व्यापक छलफल भएको जनाइएको छ । महासंघले बैंकको ब्याजदर बृद्धि हुने क्रम फेरि सुरु भएको भन्दै अव्यवहारिक ढंगबाट एकतर्फि रूपमा ब्याजदर बढाउँदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई समेत प्रत्यक्ष प्रभाव पारी समग्र अर्थतन्त्र प्रभावित हुने जनाएको छ ।

ब्याजदर बृद्धिलाई निश्चित सिमाभित्र रहने वातावरण कायम गर्न महासंघले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । बैठकमा महासंघभित्र भएको अनियमितताको विषयमा समेत विवाद भएकाले महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएर हिंडेका थिए ।

साथै महासंघका सदस्य उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा राष्ट्र बैंक समक्ष उद्योग व्यवसाय लगायतका क्षेत्रको तत्काल राहतका लागि कार्यक्रम घोषणा गर्नुपर्नेसहित बैकिङ व्याजदर सम्बन्धी २ शुत्रीय माग हित माग पुरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

चर्को व्याजदर तत्काल नियन्त्रण हुनुपर्ने मागसहित मुलुकभरका उद्योग व्यवसाय क्षेत्र पनि आन्दोलित भएको जनाउँदै महासंघले आफ्ना सदस्य संघ संस्थाहरूबाट उद्योग व्यवसाय लगायतका क्षेत्रको तत्काल राहतको लागि विभिन्न मागहरू समेत आएको जनाएको छ ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले उठाएका सम्पूर्ण माग र आन्दोलनप्रति ऐक्यबद्धता जनाउ“दै महासंघले बैकिङ व्याजदरका विषयमा उद्योग व्यवसाय क्षेत्रले बारम्बार उठाएका मागहरूलाई तत्काल संवोधन गर्न जोड दिने जनाएको छ । बढ्दो ब्याज दरलाई समयमै नियन्त्रण नगर्ने हो भने लगानी संकुचित भई सरकारले लिएको आठ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य र थप पाँच लाख रोजगारी बृद्धिको लक्ष्य हासिल हुन कठिन हुने महासंघको भनाई छ ।

Advertisement

Advertisement

Advertisement