शहीद भवन निर्माण

Advertisement

रुकुम पूर्व । समाज परिवर्तनका लागि लड्दै गर्दा ज्यान गुमाउने शहीदको सम्झनामा शहीद स्मृति भवन निर्माण गरिएको छ । सिस्ने गाउँपालिका–८ को भुरुङ्गामा भवन निर्माण गरिएको हो । दश वर्षे जनयुद्धको समयमा साविकको स्यालापाखा गाविसका ३९ जनाले ज्यान गुमाएका थिए ।

विसं २०७३ मा भवन निर्माणका लागि निर्वाचन क्षेत्र नं १ का सांसद गणेशमान पुनले संसद् विकास कोषबाट नौ लाख ७० हजार रुपियाँ रकम छुट्याएका थियो । कुल १२ लाख रुपियाँको लागतमा भवन निर्माणको काम सकिएको निर्माण समितिका अध्यक्ष खड्गसिं पुनले बताए । एउटा कोठा र एउटा हल भएको उक्त भवनमा युद्धका क्रममा शहीदले प्रयोग गरेका सामग्री राखिने छ ।

Advertisement

Advertisement

Advertisement