केपी ओलीलाई दुई मिनेट टाइम दिएका ट्रम्पले नेपाल चिनेनन्

Advertisement

काठमाडौं । संयुक्त राष्ट्र संघको महासंघमा जाँदा केपी ओलीलाई भेट्न दुई मिनेट टाइम दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै नेपाल स्वतन्त्र राष्ट्र हो भनेर चिनेका रहेनछन् । राष्ट्र संघ महासभामा भाग लिन आएका अथितिहरुको स्वागत गर्ने क्रममा ट्रम्पले दुई मिनेट टाइम दिएर कुरा गरेका थिए ।

ओलीसँग त्यसरी कुरा गरेका ट्रम्पले नेपाल स्वतन्त्र राष्ट्र हो भन्ने चाल पाएनन् । उनले नेपाल र भुटानलाई भारतको भुभाग ठान्ने गरेको खुलेको छ । गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीहरूसँग भएको ब्रिफिङमा टम्पले नेपाल र भुटानलाई भारतीय भुभाग भनेको अमेरिकाको नाम चलेको म्यागाजिन ‘टाइम’ले उल्लेख गरेको छ ।

गुप्तचर संस्थाहरूसँग भएको भेटमा ट्रम्पलाई नेपाल र भुटान स्वतन्त्र मुलुक रहेको सम्झाउनुपरेको उच्च अधिकारीहरूलाई उद्‍धृत गर्दै टाइम्सले उल्लेख गरेको छ ।

दक्षिण एसियाबारेको ब्रिफिङका क्रममा ट्रम्पका सल्लाहकारले अफगानिस्तानदेखि बंगादेशसम्मको क्षेत्रको नक्सा देखाएका थिए। उक्त ब्रिफिङमै उपस्थित रहेका तथा त्यसका बारेमा जानकार रहेका अधिकारीहरू तथा त्यहाँको संसद (कंग्रेस) सदस्यलाई उद्‍धृत गर्दै टाइमले समाचार छापेको हो ।

समाचारअनुसार ट्रम्सले नक्सातिर देखाएर भने कि नेपाल भारतकै भुभाग हो। त्यसपछि उनलाई अधिकारीहरूले नेपाल स्वतन्त्र मुलुक रहेको सम्झाए। जब अधिकारीहरूले भुटान त तपाईंलाई थाहा छ नि भन्दै देखाए, फेरि उनले भने कि भुटान पनि भारतकै भुभाग हो। त्यसपछि उनलाई ब्रिफिङ गरेकाहरूले भुटान पनि स्वतन्त्र देश हो भनेपछि टम्पले सच्याएका थिए ।

Advertisement

Advertisement

Advertisement