युवाका लागि ‘अटो रिक्सा’

Advertisement

 

बनेपा । सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ घर भएकी सुनिता सिन्चीउरीले अटो रिक्सा चलाएर दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाउने गरेको बताए ।

उनले काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो आपसपासमा अटो रिक्सा चलाएर त्यसरी पैसा कमाउने गरेको डेढ हप्ता भयो ।
उनले यसअघि ललितपुरमा सफा ट्याम्पो चलाएर जीविकोपार्जन गर्दै आएका थिए । अटो रिक्साबाट अलि बढी कमाइ हुने भएपछि ट्याम्पो चलाउन छोडेर बनेपामा अटो रिक्सा चलाउन थालेको उनको भनाइ छ ।

उनले ललितपुर–काठमाडौँ घुम्ती सेवामा तीन वर्षसम्म सफा ट्याम्पो चलाएका थिए। त्यो पेशाभन्दा अलि राम्रो भएपछि आफैँले रु तीन लाख लगानी गरेर अटो रिक्सा किनेर बनेपा धुलिखेल, पनौती र नाला लगायतका स्थानसम्म सेवा दिँदै आएका छन । खर्च कटाएर ठीकै बचत हुन्छ”, सिन्चीउरीले भन्नुभयो, “पहिला उतै बसेर काम गरेकाले छोरी कक्षा दुईमा उतै पढ्दै छिन्, उतै राखेकाले प्रत्येक शनिबार भेट्न जान्छु, अरु बेला यतै यही पेशा गरिरहेकी छु ।

 

Advertisement

Advertisement

Advertisement