पूर्वगर्भनर क्षेत्रीले अर्थतन्त्रमा रामैराम्रो देखे

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले पछिल्लो समय मुलुकको मुल्यवृद्धिको अवस्था असाध्यै अनुकुल रहेको बताएका छन् ।

रिपोर्टर्स क्लबमा बुधबार बोल्दै उनले भने, ‘दुई चार वटा पक्षहरु नकरात्मक छैनन् । मुल्यवृद्धि तीन दशमलव सात प्रतिशत छ । यो असाध्यै अनुकुल हो ।’ त्यस्तै उनले राजश्व पनि यो पाँच छ महिनामा ४४ प्रतिशत उठिसकेको सुनाउँदै भने, ‘यो राम्रो पक्ष हो । सालभरिमा उठाउनुपर्ने राजश्वमध्येबाट यो ६ महिनामा ४४ प्रतिशत उठिसकेको छ ।’

क्षेत्रीले पछिल्लो समय नेपाल भ्रमण गर्न आउने पर्यटकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको सुनाए । उनले भने, ‘सन् २०२० सम्म २० लाख पर्यटकहरु ल्याउने सरकारको तयारी छ । त्यसको लागि अब पर्यटन पूर्वाधारको विकासमा पनि ध्यान दिनुपर्छ । मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्नुपर्छ ।’

सरकारले उद्योग धन्दालाई प्रशय दिनुपर्ने भन्दै क्षेत्रीले व्यापार घाटा डरलाग्दो रहेकोले यसलाई घटाउनेतर्फ सरकार अघि बढ्नुपर्ने बताए । उनले भने, ‘सात खर्ब प्लस व्यापार भएको छ, तर पाँच खर्ब ९९ अर्ब व्यापार घाटा भएको छ । हाम्रो निर्यात अत्यन्तै निराशजनक छ । ३७ अर्बमात्रै निर्यात भएको छ । यसमा सुधार गर्नुपर्छ ।’

क्षेत्रीले राष्ट्र बैंकको आँकडा सुनाउँदै माघ २२ गतेसम्म ३४ अर्बको तरलता रहेको सुनाए । उनले राज्यको ढुकुटीमा एक खर्ब ७० अर्ब जम्मा भए पनि सरकारले खर्च गर्न नसकेको पनि गुनासो पोखे । क्षेत्रीले भने, ‘खर्चको अनुपात हेर्दा जम्मा ३८ दशमलव ४८ प्रतिशत देखिएको छ । अझ पुँजीगत खर्च त २०.४७ प्रतिशत छ ।’

Advertisement

Advertisement

Advertisement