राष्ट्रिय वाणिज्य बैंकको नाफा ९४ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमास अवधि सम्ममाको फाइनान्सियल रिर्पोट सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्ममा खुद नाफा ३४ दशमलव ९४ प्रतिशतले वृद्घि गरी दुई अर्ब ४० करोड ९९ लाख रुपियाँ नाफा आर्जन गरेको छ ।

बैंकले यस अवधिमा खुद ब्याज आम्दानी २३ दशमलव ४९ प्रतिशतले बढाएर चार अर्ब ९५ करोड ३६ लाख रुपियाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस बैंकल एक अर्ब ७८ करोड ५९ लाख रुपियाँ मात्र नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा बैंककोे वितरणयोग्य नाफा दुई अर्ब १७ करोड ८१ लाख रुपियाँ पुगेको छ भने बैंकको जगेडा कोषमा १२ अर्ब ४४ करोड ४७ लाख रुपियाँ जम्मा भएको छ । बैंकले एक खर्ब ८१ अर्ब ५९ करोड ६६ लाख निक्षेप संकलन तथा एक खर्ब ३४ अर्ब ८७ करोड ९७ लाख रुपियाँ बराबरको कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी साढे ५३ रुपियाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २३८ रुपियाँ २० पैसा रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपियाँ ५९ पैसा रहेको थियो ।

Advertisement

Advertisement

Advertisement