महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र प्रदेश १ को सरकारबीच सहकार्यको लागि समझदारी

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र प्रदेश १ को सरकारबीच मंगलबार सहकार्यका लागि समझदारी भएको छ । समझदारीपत्रमा महासंघकी अध्यक्ष भवानी राणा र प्रदेश १ सरकारका आर्थिक, मामला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले हस्ताक्षर गरे ।

सार्वजनिक निजी साझेदारी कार्यक्रमको प्रारूपमा आधारित भई राज्यले लिएको लक्ष प्राप्त गर्न र प्रदेश सरकारले अघि बढाएका कार्यक्रमहरूमा बहुवर्षीय साझेदारी गर्न सहमतीपत्रमा हस्ताक्षर गरिएको महासंघले जनाएको छ । यद्यपि केन्द्रको पैसा अनियमितता भएको विषयमा विवाद बाहिर आएपछि महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले केही दिनअघि राजीनामा दिएका थिए ।

प्रदेश सरकारसँग विभिन्न कार्यक्रममार्फत सार्बजनिक निजी साझेदारीको प्रारूपमा सहकार्य एवं साझेदारी गर्न एक सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ मूल निर्देशिकाको रूपमा तयार गरी सोको आधारमा आवश्यकता अनुसार कार्यक्रमगत कार्यविधिहरू तयार गरी सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यलाई मुर्तरूप दिने समझदारीपत्र उल्लेख गरिएको छ ।

निर्देशिका बनाएपछि त्यसको आधारमा कार्यक्रमगत कार्यविधिहरू तयार गर्ने, अर्थ मन्त्रालयबाट स्वीकृत बजेट अनुसार समयमै कृषि उद्यम केन्द्रलाई चौमासिक रूपमा बजेट निकासा गर्ने र कार्यक्रमको अनुगमन निरीक्षण र मुल्याङ्कन गर्ने जनाइएको छ ।

साथै, कृषि उद्यम केन्द्रको तर्फबाट बार्षिक कार्यक्रम बजेट तर्जुमा गरी प्रदेश सरकार समक्ष स्वीकृतीको लागि पेश गर्ने, स्र्वीकृत भइसकेका कार्यक्रमको हकमा आवश्यक कार्यविधि तयार गरी स्वीकृतिका लागि प्रदेश सरकारमा पेश गर्ने, प्रदेश सरकारबाट विनियोजित बजेट कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित निकायहरूमा समयमानै निकासा पठाउने, प्रदेश सरकारबाट स्वीकृत निर्देशिकाअनुसार कार्यक्रम संचालन तथा अनुगमन गरी प्रगति विवरण प्रदेश सरकारको सम्बन्धित निकायमा पेश गर्ने लगायत कुरा सहमतिपत्रमा छन् ।

Advertisement

Advertisement