सहारा विकास बैंकको एक करोड १५ लाख बढी

Advertisement

काठमाडौं।  सहारा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अवधिसम्मको फाइनान्सियल रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्ममा खुद नाफा ३४ दशमलव २१ प्रतिशतले वृद्धि गरे  एक करोड १५ लाख ४३ हजार रुपियाँ नाफा आर्जन गरेको छ।  बैंकले अघिल्लो वर्षको सोही अवधिमा जम्मा ८५ लाख ८७ हजार रुपियाँ मात्र नाफा आर्जन गरेको थियो।

यस अवधिमा बैंकले निक्षेप संकलनतर्फ ६८ करोड ८४ लाख रुपियाँ सञ्चित छ भने बैंकको जगेडा कोषमा चार करोड ७० लाख जम्मा गरेको छ । यस बैंकले दोश्रो त्रैमास अवधिसम्ममा ५९ करोड ३४ लाख ९० हजार रुपियाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक सात रुपियाँ पाँच पैसा रहेको छ  भने प्रतिसेयर नेटवर्थ एक सय ४१ रुपियाँ ३० पैसा छ ।

Advertisement

Advertisement

Advertisement