कामना र सन नेपाल लाईफबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता भएको छ । यस सम्झौताको उद्देश्य बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुर्याउनुको साथै ग्राहकहरुलाई लावाविन्त बनाउनु हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले ६४ वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृक राज कुमार अर्यालले हस्ताक्षर गरेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एतीएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ, सीएएसबीए, मोबाईल बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement