लाइफ इन्स्योरेन्स कर्पोरेशनको एजीएम चैतको पहिलो सातामा हुने

Advertisement

काठमाडौं।  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १२ दशमलव ५३ प्रतिशत लाभांश  दिने भएको छ।  कार्तिक १७ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट  १२ प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश पारित गर्नको लागि कम्पनीले २०७५ चैत ४ गते   १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ।  सभा बिहान ९ बजे राष्ट्रिय सभा गृह प्रदशनीमार्गमा हुने कम्पनीले जनाएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २१ देखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ। यसअनुसार फागुन २० गते शिबरात्री परेकाले फागुन १९ गते आइतबारसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement