मोरङको मधुमल्लामा वाणिज्य बैंकको नयाँ शाखा विस्तार

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले मोरङको मिल्काजुङ्ग स्थित शाखा कार्यालय मधुमल्लामा नयाँ शाखा विस्तार गरेको छ । यस सँगै बैंकको शाखा संख्या २१७ पुगेको छ ।

नेपाल सरकार अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले संयुक्त रुपमा शनिबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन गरे ।

सो समारोहमा प्रमुख अतिथि डा. खरेलले राष्ट्रिय वाणिज्य बैंक देशकै ब्राण्ड एम्बासडर बन्नुपर्ने बताउंदै सरकारी नीति तथा कार्यक्रमलाई थप सघाउ पुर्याउनु पर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता बनाउन बैंकले सहुलियतपूर्ण कर्जा प्राथमिकताका साथ लगानी गरिरहेको बताए ।

कार्यक्रममा बेदमाया अर्याल न्यौपानेलाई सहुलियतपूर्ण कृषि कर्जा र गणेश दर्जीलाई विपन्नवर्ग कर्जा समेत प्रदान गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement