एनएमबि बैंकको तीन अर्बको ऋणपत्र निष्काशन हुँदै

Advertisement

काठमाडौं। एनएमबि बैंकले तीन अर्ब रुपियाँ बराबरको ३० लाख कित्ता ऋणपत्र ’एनएमबि ऋणपत्र २०८५’ जारी गर्ने भएको छ।

बैंकले एक हजार रुपियाँ अंकित दरमा १० वर्ष अवधिका लागि वार्षिक १० प्रतिशत ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गर्ने गरि उक्त ऋणपत्र निष्काशन गरेको जनाएको छ ।  निश्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ।

बैंकले कूल ऋणपत्रमध्य ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपियाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ। बाँकी रहेको १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री हुने बैंकले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपियाँदेखि १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपियाँसम्म आवेदन गर्न सक्नेछन्।

ऋणपत्रमा सि आश्वा प्रणाली मार्फ सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिनेछ । फागुन ३० गतेदेखि निष्काशन हुने ऋणपत्रको बिक्री छिटोमा चैत ४ गते तथा ढिलोमा चैत १४ गते बन्द गरिने बिक्री प्रबन्धकले जनाएको छ ।

बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ्ग अनुसार न्युन जोखिम जनाउने अर्थात प्रयाप्त सुरक्षा सूचक रहेको ’इक्रा एनपि एलए माइनस’ प्राप्त गरेको छ। बैंकको ऋणपत्र १० वर्षपछि परिपक्व भएपश्चात साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी हुनेछ।

बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको अभावलाई समाधान गर्न बैंहरुले ऋणपत्रको निष्काशनलाई जोड दिन थालेका छन्। निक्षेप संकलन तथा ऋण लगानीको अनुपात बढ्दै गए पछि बैंकहरुलाई पूँजीकोष अनुपात वृद्धि गर्न दबाब पर्दै आएको छ।

Advertisement

Advertisement

Advertisement