अर्थमन्त्री भन्छन्– आर्थिक गतिविधि बढ्यो, आर्थिक वृद्धिदरको लक्ष्य भेट्छौंहोला

Advertisement

काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले मुलुकको आर्थिक सुधार सन्तोषजनक रहेको भन्दै आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।

चालु बजेटको अर्धबार्षिक समीक्षाका क्रममा मंगलबार अर्थ मन्त्रालयमा उनले मुलुकमा आर्थिक गतिविधि बढेको भन्दै आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए । सरकारले यस बर्ष आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

मन्त्री खतिवडाले अहिले संघ, प्रदेश र स्थानीय तहमा आर्थिक क्रियाकलाप बढेर गएको भन्दै मुलुकमा आर्थिक वृद्धिका लागि आधारशीला निर्माण भइरहेको बताए । उनका अनुसार कृषि उत्पादनमा वृद्धि भएको, उद्योगको क्षमता उपयोगमा विस्तार भएको, पर्यटक बढेको, विद्युत उत्पादनमा वृद्धि भएको, विप्रेषण आय र राजस्व असूलीमा सुुधार आएको, पूँजीगत खर्च बढेको भन्दै अर्थतन्त्र सुधारको गतिमा रहेको बताए ।

खतिवडाले राजश्व अशुली गत बर्षभन्दा २६.१ प्रतिशतले बढेर चार खर्ब दुई अर्ब अशुली भएको, पूँजीगत तर्फको खर्च ५५ अर्ब ५२ करोड रहेको, विकास आयोजना कार्यान्वयनको लागि एक खर्ब ११ अर्ब ६३ करोड वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको, वैदेशिक सहायतातर्फ सरकारको स्रोतबाट खर्च भई सोधभर्ना प्राप्त गर्नुपर्ने रकम ४८ अर्ब ५९ करोड रहेकोमा ३६ अर्ब १४ करोड प्राप्त भईसकेको जानकारी दिए।

अर्थ मन्त्रालयका अनुसार गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, उत्तरदक्षिण (कोशी) लोकमार्ग र उत्तरदक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग जस्ता राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति उत्साहजनक रहेको भन्दै प्रदेशहरूलाई वित्तीय हस्तान्तरण अन्तर्गत ३७ अर्ब २९ करोड निकासा भएकोमा ११ अर्ब ४६ करोड (३०.७ प्रतिशत) खर्च भएको, स्थानीय तहलाई ८१ अर्ब ६७ करोड वित्तीय हस्तान्तरण भएको जनाएको छ ।

यस्तो छ मन्त्रालयले उपलब्ध गराएको विवरणः

Advertisement

Advertisement

Advertisement