नेप्सेमा ८ लाख १६ हजार कित्ता बोनस शेयर थपियो, शेयरधनीले आइतबारबाटै कारोबार गर्नसक्ने

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ८ लाख १६ हजार ३९९ कित्ता बोनस शेयर कारोबारका लागि सूचीकृत भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सले वितरण गरेका बोनस बिहीबार सूचीकरण गराएका हुन् ।

एक्सचेञ्जका अनुसार बिहीबार सुचिकरण भएसँगै दुबै कम्पनीका उक्त बोनस शेयर आइतबारदेखि खरिद बिक्री गर्न सकिने छ । सेन्ट्रल फाइनान्सले ६ लाख ६३ हजार ८४६ कित्ता बोनस नेप्सेमा सूचीकृत गराएको छ । सेन्ट्रल फाइनान्सको गत मंसिर मंसिर १ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ८.७६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

गत आर्थिक वर्षको नाफाबाट फाइनान्सले ७ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले चैत ५ गते साधारण सभा आह्वान गरेको छ।

यसैगरि सप्तकोशी डेभलपमेन्ट बैंकले एक लाख ५२ हजार ५५३ कित्ता बोनस सूचीकरण गराएको हो । बैंकको गत पुस २८ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्ता पूँजीको ३ प्रतिशत बोनस र ५.०६४ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गरेको थियो । सोही शेयर बिहीबार कारोबारका लागि सूचीकरण भएको हो ।

Advertisement

Advertisement

Advertisement