विदेशी लगानीकर्तालाई झन्झटरहित सुविधा दिन ‘वान डोर सिस्टम’को कानुन बनाउँदै सरकार

Advertisement

काठमाडौं । विदेशी लागनीकर्तालाई सहज रुपमा कार्य गर्न  'वान डोर सिस्टम'एकल बिन्दु सेवा केन्द्रलाई सरकारले अघि बढाउने भएको छ । विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने नयाँ व्यवस्था र विशेष सुविधासहितका सरकारले सो ऐनको मस्यौदा तयार पारेको हो।

यसले गर्दा लगानीकर्तालाई उद्योगदर्तादेखि लगानी र ऋणको स्वीकृत, कम्पनी दर्ता तथा कम्पनी प्रशासन, श्रम स्वीकृत तथा भिसा सुविधा, स्थायी लेखा नम्वर (प्यान) सम्मका सुविधा एकल बिन्दु सेवा केन्द्रबाट उपलब्ध हुने विधेयकमा उल्लेख गरिएको छ। साथै, उद्योगबाट उत्पादित वस्तुको गुणस्तर मापन तथा नियन्त्रण, वातावरणीय अध्ययन प्रतिवेदन विभिन्न निकायको फोकल प्वाइन्टसमेतको सुविधा सोही केन्द्रबाट प्राप्त हुने जानकारी दिईएको छ ।

लगानी गर्न इच्छुक लगानीकर्ताले नेपालमा विदेशी लगानी भित्र्याउन समय तालिका तथा उद्योगमा लगानीको कार्ययोजना सहित विवरण बुझाएको १५ दिनभित्र उद्योग गर्दाको स्वीकृत दिइसक्नु पर्नेछ । उद्योग स्वीकृत दिन नसक्ने भए सोको आधार र कारण खुलाइ सात दिनभित्र निवेदकलाई जानकारी दिइसक्नु पर्नेछ।

विदेशी लगानीका कारण कुनै उद्योग उद्योगको स्वामित्व संरचनामा परिवर्तन गर्नुपर्ने भए सो जानकारी नियामक निकाय उद्योग विभाग र राष्ट्र बैंकलाई गराउनु पर्नेछ। विदेशी लगानी स्वीकृत प्राप्त उद्योगले आर्जित नाफाबाट सोही उद्योगमा लगानी गर्न या अन्य कुनै उद्योगमा लगानी गर्न चाहेमा पुनः स्वीकृत लिनुपर्ने आवश्यकता पर्दैन।

नेपालमा स्थापना भएका कम्पनीहरूले नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको अनुमति लिएर विदेशी पुँजी बजारमा सूचिकृत भएर ऋण पत्र, डिवेञ्चर वा अन्य धितोपत्र जारी गरी ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्नेछन्। धितोपत्र बोर्डमा दर्ता भएर दोस्रो बजारमार्फत धितोपत्र कारोबारमा सहभागी हुन पाउनेछन। विदेशी लगानीका कम्पनीले अनुमति लिएर विदेशी सरकार वा वित्तीय संस्थाबाट परियोजनामा आधारित ऋण लिन सक्नेछन्।

विदेशी लगानीका उद्योग वा कम्पनीहरूले उच्च व्यवस्थापनमा विशेषज्ञ, प्राविधिक र कर्मचारीहरू नेपाली नागरिकबाट हुनेभएमा नेपाली नागरिकबाट नै गर्नुपर्नेछ। यदि यस्तो नभएका खण्डमामात्र विदेशी विशेषज्ञ तथा प्राविधिक ल्याउन पाउनेछ। सरकारले ल्याएको एकल विन्दु सेवाले लगानीकर्तालाई ठुलो सहयोग पुग्ने देखिन्छ ।

Advertisement

Advertisement

Advertisement