कृषिको अनुदान ठेकेदार र टाठाबाठाले मात्रै पाउने अवस्था अन्त्य गर्छुः अर्याल

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले महिला आर्थिक रुपमा सवल भएको खण्डमा मात्र स्वतन्त्र र सशक्त हुने बताएकी छिन् ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा महिला सशक्तिकरण र समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीमा महिलाको सशक्तिकरण भइरहेको र अब क्षमता बृद्धि गर्दै आत्मनिर्भरताको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन ।

उनले व्यक्तिले बचत गर्दा धनि हुने भए पनि संस्था र राज्यले जति खर्च ग¥यौ त्यति धनि हुने धारणा व्यक्त गरिन् । उनले भनिन्,‘सबै जग्गा एकिकरण गरेर सामुहिक खेती गर्न सहकारीले भूमिका खेल्नुपर्छ । सहुलियत, औजार र अनुदान दिने काम राज्यले गर्छ ।’
उनले अहिले अनुदानका कार्यक्रमबाट आफु सन्तुष्ट नभएको बताएकी छिन् । ‘अहिले त अनुदान सबैले ठेकेदार, जानेका बुझेकाले मात्र लैजान्छ । त्यो सबै बदल्नुपर्छ । सहज बनाएर साँचै आवश्यकता भएकाले अनुदान दिने नीति ल्याउन मेरो पहल भइरहेका छ ।’ सहकारीमार्फत  महिला सिपरुप अस्त दिनुपर्ने उनको धारणा रहेको थियो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले महासंघले बार्षिक कार्यतालिका बनाएर नै महिला सशक्तिकरणका लागि तालिम र गोष्ठी गर्दै आएको जानकारी दिए ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले संविधान महिला मैत्री रहेको र यसमा लेखिएको कुरा कार्यान्वयनमा जोड दिनुपर्ने बताइन् । उनले कानुन ऐन बनेर मात्र नहुने यसलाई व्यवहारमा ल्याउनुपर्ने कुरामा जोड दिइन् ।

राष्ट्रिय सहकारी महासंघका संचालक तथा गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारी संस्था आफैमा असल अभ्यासका कार्यस्थल भएको बताउँदै सात सिद्धान्तलाई अक्षरस पालना गरेको खण्डमा अनुगमन जस्ता कार्य गरिरहनु नपर्ने बताइन् । सो कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका कोइरालाले अब महिला पुरुष सबै क्षेत्रमा बराबरी हुनुपर्ने बताउँदै आसन, शासन र भाषणमा समानता हुनुपर्नेमा जोड दिए ।
दुई दिनसम्म चल्ने सो गोष्ठीमा देशभरिका जिल्ला सहकारी संघ तथा विषयगत जिल्ला सहकारी संघ र विषयगत केन्द्रिय सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंकका महिला संचालक एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

नेपालको सहकारीमा ५० दशमलब ९६ प्रतिशत महिला सहभागिता रहेको छ । ६३ लाख ५ हजार ५ सय ८१ सदस्यमध्ये महिलाको सख्या ३२ लाख १३ हजार पाँच सय १४ रहेको छ । सहकारीमा कुल कर्मचारीमध्ये ४७ दशमलब ९९ प्रतिशत महिला रहेका छन् ।

Advertisement

Advertisement

Advertisement