झापाको दमकमा कामनाको बैंकिङ सेवा सुरु

Advertisement

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा बिस्तारको क्रममा झापाको दमक नगरपालिका–६, सन्तविर चोकमा यही फागुन २७ गते आफ्नो ६९ औँ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक समिति सदस्य भीमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को दोस्रो शाखा भएको र थप सात शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराए ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा कार्यालयहरु तथा २० वटा एटिएममार्फत आफना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement