महिला साफः पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाल ३.० को अग्रतामा

Advertisement

विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा आयोजक नेपालले बंगलादेशविरुद्ध पहिलो हाफसम्म ३.० गोलको अग्रता बनाएको छ । विराटनगरको शहिद रंगशालामा समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध ३.० गोलको अग्रता बनाएको हो ।

खेल सुरु भएको २३औँ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई २.० गोलको अग्रता दिलाएकी थिइन् । उनले डिफेन्डर र किपरलाई पत्तै नदिई गोल गरेकी थिइन् । खेलको २८औं मिनेटमा नेपालले अर्को गोल थप्न सफल भयो । यो पटक मञ्जलीकुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३.० गोलको अग्रता दिलाइन् ।

 

Advertisement

Advertisement

Advertisement