सेना परिचालनको अधिकार आफैले लिएर ओलीले नेपालमा सैन्य ‘कू’ निम्त्याउन लागेः भट्टराई

Advertisement

काठमाडौं । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउने तयारीप्रति असन्तुष्टि जनाएका छन् । सोमवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै भट्टराईले उक्त तयारीप्रति चिन्ता जनाएका हुन् ।

भट्टराईले प्रधानमन्त्रीको एक्लो निर्णयले सेना परिचालन गर्न पाउनेगरी आउन लागेको विधेयक रोकिनुपर्ने बताए । उनले भने, ‘‘सुरक्षा परिषद्लाई कुण्ठित गरी प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने प्रावधान राखेर मस्यौदा भइरहेको पाइएको छ, सुरक्षा परिषद्बाटै सेना परिचालन गर्ने प्रचलन संसारभर छ, सुरक्षा परिषद्को बैठक बस्न नसक्ने परिस्थितीको कल्पना गर्नु नै हाँस्यास्पद कुरा हो ।

यस्तो व्यवस्थाले सैन्य ‘कु’लाई निमन्त्रणा गर्ने भन्दै भट्टराईले यस्ता काम नगर्न सल्लाह दिए । उनले सीके राउत निःशर्त आफ्ना पूर्व मान्यता र अडानलाई परित्याग गर्न तत्पर भएको भए स्वागतयोग्य कुरा हो भन्दै त्यो निश्चय नै स्वागतयोग्य कुरा हो। तर, सम्झौतामा उल्लेखित शब्दको भावना र घटनाक्रम त्यस्तो देखिएको छैन ।

नयाँ शक्तिले जारी गरेको प्रेस विज्ञप्ति यस्तो छः

Advertisement

Advertisement

Advertisement