आईएमएस लिटिल स्माइल्स्को नयाँ शोरुम सिटी सेन्टरमा

Advertisement

काठमाडौं । साना बाल बच्चाको स्वास्थ र स्याहार सुसारसम्बन्धी विभिन्न ब्राण्डका उत्पादनहरु प्रिमियम आउटलेट ‘आईएमएस लिटिल स्माइल्स्’ले आफ्नो नयाँ शोरुम कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालन गरेको छ ।

यस किसिमको आउटलेट नेपालमा पहिलो भएको कम्पनीले जनाएको छ । नयाँ शोरुममा डक्टर ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर र डिजेआई जस्ता विश्वप्रशिद्ध ब्राण्डका उत्पादनहरु पाईने जनाइएको छ । यी ब्राण्डका उत्पादनहरु जस्तै साबुन, मसाज तेल, पाउडर, स्याम्पु, एयर प्युरिफाएर, क्रिम, ड्रोन, प्यासिफायर, बोटल, तुथब्रस, कप्स, तीथरको प्रयोगले ससाना बाल बच्चाहरुलाई विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरुबाट टाढा राख्न सकिने छ ।

आईएमएस लिटिल स्माइल्स्ले नेपालमा बिक्री वितरण गर्ने उत्पादनहरु नेपाली उपभोक्ताको दैनिक जीवनलाई सरल सहज र गुणस्तरीय बनाउन केन्द्रीत रहेको आईएमएस गु्रपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा बताए ।

Advertisement

Advertisement

Advertisement