राजधानीमा जारी घरजग्गा मेलामा एक्सचेन्ज अफरदेखि ५० लाखसम्मको आकर्षक छुट

Advertisement

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको घरजग्गा मेलामा उपभोक्ताहरुको सन्तोषजनक उपस्थिति देखिएको छ । कोरोना महामारीका कारण तीन बर्षपछि मेला आयोजना भए पनि आर्थिक मन्दीका कारण मानिसहरुको उत्साहजनक उपस्थिति भने नदेखिएको हो । 

लामो समयसम्म घरजग्गाको कारोबार भौतिक रुपबाट बुझ्न र गर्न नपाएका उपभोक्ता र व्यावसायीहरुबीच अहिले अन्तरक्रिया हुन पुगेको छ । उपभोक्ताहरुलाई आकर्षण गर्न आकर्षिक छुट र एक्सचेन्ज अफरसमेत सञ्चालन गरेका व्यावसायीले स्टल राखेर उपभोक्ताहरुलाई जानकारी दिने र आफ्ना सामग्री बिक्री गनेृ प्रयास गरिरहेका छन् । 

Advertisement

मेलामा रहेका सिडी डेभलपर्स, रोहनी हाउजिङ एण्ड सप्लायर्स, ग्रिन हिल सिटी, ग्रिन सिटी नेपाल, सिजी प्रपर्टी रियल स्टेटले विशेष छुटसहित आफ्ना घर तथा अपार्टमेन्टहरु बिक्रीका लागि राखेका छन् । सिडी डेभलपर्सले मेलामा एउटा घरको २५ लाखसम्मको छुट दिएको छ । डेभलपर्सका निर्देशक दीपक कुवँरले आवास आकृति कोलोनी भने एउटा घर किन्दा ३० लाखसम्मको छुट मेलामा आउने र किन्ने उपभोक्ताहरुलाई दिइएको बताए । 

आवास कोलोनी भनेर टोखामा नयाँ प्रोजेक्ट बनाइरहेको र सो कोलोनीमा एउटा घर किन्दा २५ लाखसम्मको छुट दिएको उनले बताए । कुँवरले भने, ‘व्यवस्थित बसोवासका लागि अवधारणामा जुन कन्स्ट्रक्शन गरिरहेका छौँ । यो प्ल्याटफर्मबाट विभिन्न रेन्जका घरहरु, अपार्टमेण्टहरु, जग्गाहरु र त्यसको एउटा क्वालिटी र व्यवस्थित बसोवास बनेको चिजहरु यहाँ प्रश्तुत गरेका छौँ । हाम्रो अहिले डिस्काउण्ट गरेका छौँ । अहिले घरजग्गा अहिले अलिकति मन्दी भएको कारणले गर्दा सबैलाई यो एउटा कन्फिडेन्स गर्नको लागि डिमाण्ड पनि छ । बनाइरहनुभएको पनि छ । यो प्ल्याटफर्ममा एउटा डिस्काउण्टसहितको प्रोजेक्टहरु हामीले राखिरहेका छौँ । नयाँ प्रोजेक्टमा हाम्रो आवास आकृति कोलोनी भन्ने छ । यसमा नियो क्लासिकल घरहरु छ । एउटा घर किन्दा ३० लाखसम्मको डिस्काउण्ट राखेका छौँ । आवास कोलोनी भनेर टोखामा नयाँ प्रोजेक्ट बनिरहेको छ । त्यहाँ एउटा घरको २५ लाखसम्म छुट दिएका छौँ ।’

रोहनी हाउजिङ एण्ड सप्लायर्सले हेटौँडा, विराटनगरदेखि नगरकोटसम्म जग्गा र नगरकोट ड्रिम सिटीको योजना अघि सारेको छ । यो व्यवस्थित र अहिलेको मापदण्डअनुसार खुला क्षेत्रसहित राखेर खुला क्षेत्रमा पनि कम्युनिटी हल गार्डेनसहित बनाउने काम भइरहेको कम्पनीका अध्यक्ष ध्रुव घिमिरेले बताए । उनले हेटौंडामा पनि ड्रिम सिटी बनाइरहेको र हेटौँडाको १० धुरमा बनेका घरको मूल्य एक करोडसम्म पर्ने बताए । घिमिरेले नगरकोटको काम शुरु भएको ६ महिना भएको र सो अवधिमा अहिले सबै काम सक्किसकेर बाटोको रेखांकनको काम भइरहेको बताए । 

उनले भने, ‘हाम्रो स्टलमा घडेरी बेच्ने काम मात्रै भइरहेको छ । हेटौँडा, विराटनगरदेखि नगरकोटसम्म छ । विशेष फोकस नगरकोट ड्रिम सिटी भनेर प्लानिङ गरिरहेका छौँ । यो व्यवस्थित र अहिलेको मापदण्डअनुसार खुला क्षेत्रसहित राखेर खुला क्षेत्रमा पनि कम्युनिटी हल गार्डेनसहित बनाएर गरिरहेका छौँ । त्यस्तै हामीले हेटौँडामा पनि बनाएका छौँ । हेटौँमा भइसकेकै छ । यहाँ निर्माणाधीन छ । विराटनगरमा पनि काम शुरु भइसकेको छ । नगरकोटको काम शुरु भएको ६ महिना भयो, बाटोको रेखांकनको काम भइरहेको छ । ४१ रोपनी क्षेत्रफलमा फैलिएको छ । हेटौँडामा १० धुरमा बनेका घरको १ करोड रहेको छ ।’

ग्रिन हिल सिटीका अध्यक्ष भेषराज लोहनीले आफूहरुले अहिले मुलपानीमा ग्रिन हिलसिटी भनेर नेपालकै एउटा ठूलो आयोजना सञ्चालन गरिरहेको बताए । यसमा आठ सय वटा घरमध्ये करिव १३ वटा घरहरु मात्रै बन्न बाँकी रहेको उनले जानकारी दिए । नयाँ प्रोजेक्टको रुपमा भक्तपुर सिपाडोलमा सूर्यविनायक कोलोनी रहेको, जसमा करिव ५५ रोपनीमा १५० वटा घरहरु बनाउने योजना रहेको लोहनीको भनाई छ । 

उनले एउटा युनिट बुक भएको खण्डमा १० लाखसम्मको छुट दिएको बताए । आफ्ना कम्पनीले बनाएका साढे दुई तलाका घरहरु दुई हजारदेखि तीन हजार स्क्वायरफिटका घर दुई करोडदेखि ५ करोडसम्म पर्ने बताए । मेलाको सहभागिता उत्सहजनक रहेको लोहनीले बताए । 

उनले भने, ‘अहिले हामीसँग मुलपानीमा ग्रिन हिलसिटी भनेर नेपालकै एउटा ठूलो आयोजना सञ्चालन गरिरहेका छौँ । त्यसमा ८ सय वटा घरमध्ये करिव १३ वटा युनिटहरु घर बाँकी छन् । नयाँ प्रोजेक्टको रुपमा भक्तपुरमा सिपाडोलमा सूर्यविनायक कोलोनी भनेर निकट भविष्यमा प्रोजेक्ट ल्याउँदैछौँ । जसमा करिव ५५ रोपनीमा १५० वटा घरहरु आउने क्रममा छ । ग्रिन हिल सिटी करिव हामीले २२ वर्ष अघिदेखि शुरु गरेको हो । यसले बालकोटमा रोज भिलेजको रुपमा फस्र्ट प्रोजेक्ट गरेको थियो । दोस्रो ललितपुरको इमाडोलमा बनाएका थियौँ । तेस्रो काठमाडौंको धुम्बाराहीमा बनाएका थियौँ । यी सबै सकिसकेका छाँै । एउटा युनिट बुक भएको खण्डमा १० लाखसम्मको अफर दिएका छौँ । एक्स्पो ४ दिने शुरु भएको छ, हिजोदेखिको सहभागिता उत्सहजनक छ, यहाँ आएर जानकारी लिन राम्रोसँग रुची देखिएको छ । साढे दुई तलाको घर ४ बेडरुम किचन, डाइनिङहरु छन् । साढे दुई तलाका घरहरु दुई हजारदेखि तीन हजार स्क्वायरफिटका घर दुई करोडदेखि ५ करोडसम्म पर्छ ।’

ग्रिन सिटी नेपालले पनि साढे दुई तलाको घर ५० लाखमा बनाएर दिने योजनाअनुसार सुनसरीस्थित इनरुवामा स्मार्ट सिटी बनाइरहेको जनाएको छ । ग्रिन सिटी नेपालका डिजिटल मार्केटिङ हेड विनुप कपालीले ग्रिन सिटी ५५ बिगाहमा फैलिएको बताए । सिटीमा हस्पिटल, कलेज, फनपार्कहरुको सुविधा रहेको बताए । दुई वर्षभित्रमा नेपालकै नमूना स्मार्ट सिटी बनाउने तयारीअनुसार काम गरिरहेको बताए । 

कपालीले भने, ‘हाम्रो ग्रिन सिटी ५५ बिगाहमा फैलिएको छ । सुनसरीस्थित इनरुवामा बनेको छ । ग्रिन सिटीलाई स्मार्ट सिटी भनेर ग्रहण गरिरहेका छौँ । ग्रिन सिटी भित्र हस्पिटल, कलेज, फनपार्कहरु छ । २ वर्षभित्रमा नेपालकै नमूना स्मार्ट सिटी बनाउने तयारी गरिरहेका छौँ। ग्रिनसिटी भित्र तपाईलाई चाहिने जतिपनि लेटेस्ट टेक्नोलोजी छ, त्यो पाउनुहुन्छ । साढे दुई तलाको घर ५० लाखमा बनाएर दिने भन्ने योजना छ ।’

त्यस्तै, सिजी प्रोपर्टी रियल स्टेटले एक करोड ९५ लाखदेखि १३ करोडसम्मको घरहरु ल्याएको छ । कम्पनीसँग सुविधासम्पन्न घरहरु भएको बताउँदै कम्पनीकी सिनियर म्यानेजर शारदा प्रसाईंले भैँसेपाटी, सुनाकोटी, धापाखेल र पनौतिमा ४ वटा प्रोजेक्ट बनिरहेको बताइन् । स्टलमा आएर बुकिङ गर्दा ५ प्रतिशत डिस्काउण्ट हुने उनको भनाई छ । 

प्रसाइँले भनिन्, ‘अहिले हाम्रो जतिपनि प्रोजेक्टहरु रनिङ भइरहेको छ, ४ वटा प्रोजेक्ट रनिङ भइरहेको छ । मिडियमदेखि हाइ लेभलसम्मको प्रपटीहरु हामीसँग रेडि छ । यो स्टल राख्नुको कारण हामीले भैँसेपाटी, सुनाकोटी, धापाखेल र पनौतिमा रनिङ भइरहेको छ । स्टलमा आएर बुकिङ गर्दा ५ प्रतिशत डिस्काउण्ट राखेका छाँै । एक करोड ९५ लाखदेखि १३ करोडसम्मको घरहरु छन् ।’

यता पद्य ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक सुवास शर्माले मेलामा आएर बुक गर्ने उपभोक्ताहरुलाई कम्युनिटी चार्ज छुट दिइरहेको बताए । उनले पद्य रेसिडेन्सी भनेर डाँडापौवामा कम्पनीले सञ्चालन गर्न गइरहेको र अपार्टमेण्ट २३ तलाको हुने बताए । शर्माले फस्र्ट वान बिएचकेलाई ६० लाख, टु बिएचकेलाई ८५ लाख, थ्रि बिएचकेलाई ९९ लाखमा र फोर्थ बिएचकेलाई एक करोड १५ लाखसम्म मूल्य निर्धारण गरिएको बताए । 

आईएमएस ग्रुपको नेपाल रियल म्यानेजमेन्टले ५० लाख रुपियाँसम्मको छुटदेखि जग्गासँग एक्सचेन्जको योजना समेत ल्याएको छ । कम्पनीका प्रतिनिधिहरुले ३० लाखदेखि ५० लाख रुपियाँसम्मको छुट योजना र जग्गासँग एक्सचेन्जको अफर आफूहरुले ल्याएको बताएका हुन् । 

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मेलामा उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको बताए । उनले अवलोकन कर्ताहरु भन्दा बढी उपभोक्ताहरु मेलामा आएको बताए । मेला लामो समयपछि सञ्चालन भएकाले उपभोक्ताहरुको उपस्थिति बढेको उनको भनाइ छ ।

धमलाले भने, ‘मेला भव्य र सभ्य भइरहेको छ । भिजिरटरहरु पनि धेरै नै हुनुहुन्छ । उपभोक्ता धेरै आउनुभएको छ । घरजग्गा मेला एउटा अवसर हो । यहाँ क्रेता र बिक्रेता एकै ठाउँमा हुन्छन् । सिधा कन्ट्याक्ट हुन्छ, चाहेको घर जग्गा किन्न सक्नुहुन्छ । घरमा उपभोग गर्ने सबैकुराहरु छन् ।’

Advertisement

Advertisement