हिउँ बचाउ अभियानअन्तर्गत पीके र सोनमले सात महादेशका हिमाल आरोहण गर्ने

Advertisement

काठमाडौं । पर्वतारोहण आरोही पूर्णकुमार (पीके) शेर्पाले छोरा सोनमसहित सात महादेशका उच्च हिमाल आरोहण गर्ने भएका छन् । ताप्लेजुङ निवासी पीकेले दुई दशकदेखि नेपालका हिमाली क्षेत्रमा वातावरण परिवर्तनका कारण बढ्दै गएको मानवीय तथा प्राकृतिक समस्याहरुको प्रत्यक्ष अनुभव गरेकाले यसको संरक्षणका लागि अभियानसहित हिमाल आरोहण गर्न लागेको जनाए ।

उनले आफ्नो अभियानको नाम ‘पृथ्वीमा जीवन रक्षाका लागि हिउँ बचाउ’ रहेको छ । विश्वव्यापी सचेतना सञ्चालनका लागि यो अभियान सुरु गरेका पीकेले बताए । सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रेकिङ एजेन्सी एसोसीएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले हिउँ रहे जीवन रहन्छ भन्दै नेपाल जलस्रोतको धनी देश भएकाले जलस्रोत जुन हिँउ हो, त्यसलाई उचित व्यवस्थापन गरेर प्रयोगमा ल्याउनुपर्ने बताए ।

टानका महासचिव आङछिरिङ शेर्पाले बातारण संरक्षणले नेपालको समृद्धि तथा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने भन्दै पीके र सोनमको अभियानले देशलाई चिनाउने बताए । उनले पर्वतारोहण गर्न लागेका बाबुछोरालाई आर्थिक, भौतिक सहयोग र हौसल्ला प्रदान गर्न टान प्रतिवद्ध रहेको बताए ।

हिमाल आरोही पीके शेर्पाले यस अभियानलाई सफल पार्न अष्ट्रलिया, गैरआवासीय नेपाली संघ तथा अन्य व्यक्ति संस्थाले एक प्रतिशत मात्रै सहयोग गरे पुग्ने बताए । पीकेले भने– ‘हामीले व्यक्गित स्वार्थको लागि नभएर समग्र देशलाई स्वच्छ र समृद्ध बनाउन यो अभियान अघि सारेका हौँ ।’ उनले यस अभियानका लागि पाँचदेखि छ करोड रुपियाँ खर्च लाग्ने बताए । यो अभियान आउँदो मार्चबाट सुरु हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement