हवाई भाडादरमा भ्याटको समस्या आगामी बजेटबाट सम्बोधन गर्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

Advertisement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर ​तामाङले हहवाई भाडादरमा मूल्य अभिवृद्धि करका विषयमा प्रधानमन्त्री तथा अर्थमन्त्रीसंग पनि विस्तृत रुपले छलफल गरी आगामी बजेट मार्फत उक्त समस्याको यथोचित हल गर्न प्रयास गर्ने बताएका छन् । 

काठमाडौंको लाजिम्पाटस्थित होटल दुसित प्रिन्सेसमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालको पर्यटन क्षेत्रसंगँ सम्बन्धित समसामायिक विषय वस्तु तथा पर्यटन क्षेत्रले हाल भोगिरहेको समस्याहरुका विषयमा छलफल तथा अन्तर सम्वाद कार्यक्रममा बोल्र्दै मन्त्री तामाङ्गले मूल्य अभिवृद्धि करबारे प्रधानमन्त्री तथा अर्थमन्त्रीसंग पनि विस्तृत रुपले छलफल गर्ने बताएका हुन् । 

Advertisement

पर्यटन मन्त्री तामाङ्गले व्यवसायी तथा नाट्टाको सोच र पर्यटन मन्त्रालयको विचार धरै हदसम्म मिलेको र आगामी दिनहरुमा मन्त्रालयको तर्पmबाट गर्नुपर्ने जिम्मेवारी पूरा गर्दै जाने बताए । 

त्यस्तै, नाट्टाका अध्यक्ष रमेश थापाले आर्थिक वर्ष २०७९/८० मा सरकारले हवाई भाडा दरमा लगाइएको मूल्य अभिवृद्धि कर र यसले समग्र पर्यटन क्षेत्रमा पारेका असर लगायत पर्यटकीय पूर्वाधारहरुको विकासमा भैरहेको ढिलासुस्ती, हवाई तथा सडक सञ्जालको विकास तथा विस्तार, पर्यटन ऐन नेपाल सरकार मातहत रहेका विभिन्न निकायहरु मध्ये नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान तथा नेपाल पर्यटन बोर्डको व्यथिति, नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरी रहेको बताए । 

नाट्टा कार्यसमितिका महासचिव कुमार मणी थपलियाले पर्यटन क्षेत्रले भोग्नु परेका समस्याहरु एवं यसको मन्त्रालयका तर्फबाट गर्नुपर्ने सम्भावित समाधानहरु सहित उक्त कार्यका लागि नाट्टाको सहभागिताका बारेमा बताए । 

साथै कार्यक्रममा नाट्टाका पूर्व अध्यक्षहरुले अध्यक्ष तथा महासचिवले प्रस्तुत गरेका विषयवस्तुहरुमा ऐक्यबद्धता व्यक्त गर्दै पर्यटन क्षेत्रका समस्याहरु तत्काल सम्बोधन गर्नु पर्ने र सोही अनुरुपको कार्ययोजनाहरु तर्जुमा गर्नु पर्ने कुरामा जोड दिए । कार्यक्रममा पर्यटन मन्त्री सहित नाट्टाका पूर्व अध्यक्षहरु तथा नाट्टा कार्यसमितिको उपस्थिति रहेको थियो । 
 

Advertisement