नेपाल टेलिकमको सह-प्रवक्ताको जिम्मेवारी कृष्णप्रसाद भण्डारीलाई

Advertisement

काठमाडौं । नेपाल टेलिकममा सह-प्रवक्ताको जिम्मेवारी कृष्णप्रसाद भण्डारीले पाएका छन् । टेलिकमले सोमबारदेखि कम्पनीको सहप्रवक्ताको जिम्मेवारी प्रबन्ध निर्देशकको कार्यालयका उपप्रबन्धक भण्डारीलाई दिएको हो ।

यसअघि उक्त पदमा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उपप्रबन्धक शोभन अधिकारी थिए । अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भएकाले टेलिकमले उक्त पदको जिम्मेवारी परिवर्तन गरेको हो ।

Advertisement

Advertisement

Advertisement