अनलाइनबाट सेयर कारोबार गर्नेलाई पनि प्यान लागू गर्न नेप्सेको निर्देशन

Advertisement

काठमाडौं।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइनबाट सेयर कारोबारमा पनि स्थायी लेखा नम्बर (प्यान) लागू गर्न ब्रोकरहरुलाई निर्देशन दिएको छ । नेप्सेले बिहीबार एक विज्ञप्तिमार्फत वैशाख १ गतेदेखि लागू हुने उक्त व्यवस्था लागू गर्न ब्रोकरहरुलाई निर्देशन दिएको हो ।

नेप्सेले अनलाइन लगइन लिएर प्यान नम्बर पेश गर्न बाँकी रहेका लगानीकर्तालाई पनि एक पटकमा पाँच लाखभन्दा बढीको कारोबार गर्न प्यान अनिवार्य रहेको जानकारी गराउन ब्रोकरलाई निर्देशन दिएको छ ।

एकपटकमा ५ लाख भन्दा बढी रकमको सेयर खरिद गर्ने लगानीकर्तालाई  अनिवार्य रुपमा प्यान लागू गराउन नेप्सेले अनुरोध गरेको छ। 

Advertisement

Advertisement