ज्योति विकास बैंक र हाम्रो विकास बैकको एकिकृत कारोवार सुरु

Advertisement

काठमाडौं। ज्योति विकास बैंक र हाम्रो विकास बैंक नुवाकोटको एकिकृत कारोबारको सुरुवात भएको छ । राष्ट्रियस्तरको ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेको हो । नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले एकिकृत कारोबारको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष तथा कार्यक्रमका सभापति हरि चन्द्र खड्काले दुई बैंकबीच एकिकृत कारोबार शुभारम्भले थप जिम्मेवारी बढेको र विस्तारित सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

हाम्रो विकास बैंकका अध्यक्ष हरि प्रसादले नागरिकलाई सरल र सहज सेवा प्रदान गर्न १० वर्ष अगाडी स्थापना भएको हाम्रो विकास बैंकले नागरिक र देशको लागि योगदान दिएको र उक्त कार्य अव अझ विस्तारित रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पुँजीको हिसावले सबै भन्दा ठुलो विकास बैंक भएको, शाखा सञ्जाल र बैंङ्गिग सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको बताउनु हुँदै लघु कर्जा देखि ठुला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।

एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६अर्व ३८ करोड र कर्जा २३ अर्व ५७ करोड पुगेको छ भने शाखा संख्या ९५, एटीएम संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ ।

बैंकको चुक्ता पुँजी ३ अर्व १० करोड पुगेर चुक्ता पुँजीको हिसावले देशकै ठुलो विकास बैंक बन्न सफल भएको छ । साथै यसै आर्थिक वर्ष भित्र थप २ वटा नयाँ शाखा तथा थप २६ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

Advertisement

Advertisement

Advertisement