आउँदो जेठ पहिलो हप्ता ‘नेपाल–भारत फ्रन्चाइज एक्स्पो र कनक्लेभ’ आयोजना हुने

Advertisement

काठमाडौं । नयाँ वर्ष २०७६लाई लक्षित गरेर जेठ १ र २ गते ‘नेपाल–भारत फ्रन्चाइज एक्स्पो र कनक्लेभ’ आयोजना हुने भएको छ । सम्मेलन विशेष गरी नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत विभिन्न ब्राण्डहरुमा लगानी गर्ने अवसरहरु सिर्जना गर्ने उद्देश्यले आयोजना गरिन लागेको हो ।

बिहीबार आयाजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआइ)ले भारतीय राजदुतावास र फ्रन्चाइज इण्डियाको सहकार्यमा राजधानीको होटल याक एण्ड यतिमा सो सम्मेलन हुन लागेको जानकारी दिईएको छ ।
दुई दिनसम्म चल्ने सो एक्स्पोमा विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय उद्योगका ब्राण्डहरुले एक्सपोमा आफ्नो ब्राण्डहरुको प्रदर्शन गर्नेछन् । एक्स्पोले व्यवसायमा सीधा र अप्रत्यक्ष रुपमा संलग्न भएका व्यक्तिहरुलाई सहभागी समेत हुन आकर्षित गर्ने जानकारी दिईएको छ ।

सम्मेलनमा नेपालका लागि भारतीय राजदुतावासका द्धितिय सचिव कपिलधोजप्रताव सिंहले भारतको जस्तै, नेपालमा विश्वकै सर्वोत्कृष्ट ब्राण्डको प्रयोग गर्ने अत्याधिक इच्छा नेपाली ग्राहकहरुमा रहेको र नेपालको अर्थव्यवस्थासमेत बढ्दै गएकाले नेपालमा रहेका व्यवसायहरुले यहाँको मार्केटमा यस्तै ब्राण्डहरु उपलव्ध गरोउन आवश्यक रहेको बताए । यी ब्राण्डहरुले नेपालमा लगानी मात्र नभएर प्रविधि र व्यवसायिक ज्ञान तथा शीपसमेतमा आकर्षण गर्दछन् । सम्मेलनमा भारतीय राजदुतावास संलग्न हुन पाएकोमा खुशी व्यक्त गरे ।

पत्रकार सम्मेलनलाई संवोधन गर्दे आयोजक एफएनसीसीआईका अध्यक्ष भवानी राणाले उद्यमशीलतामा ईच्छुक र व्यवसायीक अवसरहरुमा लगानी गर्न रुचि भएका अन्तराष्ट्रिय ब्राण्डहरुसँग सहकार्यको अवसर खोजीरहेकाहरुका लागि ध्यानमा राखी महासंघले उक्त सम्मेलन गर्न लागेको बताईन् ।

अध्यक्ष राणाले नेपाल र भारतका व्यवसायहरुमा लगानी गर्न उत्सुक, संयुक्त लगानीका लागि अवसर खोजीरहेकाहरुबीच आपसी सम्बन्ध विस्तार गराई नयाँ प्रविधि, शीप, र उद्योग व्यवसायका नयाँ मोडलहरुको आदान–प्रदानका लागिसमेत एउटा अवसर जुटनईदिने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागेको बताईन् । साथै, उनले नेपालमा रहेका व्यवसायीहरुलाई अन्तराष्ट्रिय नेटवर्क बढाउनका लागि सहायता गर्न सदैव तत्पर रहेको बताईन् ।

त्यसैगरी, महासंघका उपाध्यक्ष किशोर प्रधानले उक्त सम्मेलन नेपाललाई मात्र फाईदा हुने तथा भारतलाई नोक्सान पुग्ने हिसावमा नभएर भारतलाई उक्त सम्मेलन आयोजना गरेमार्फत रोयल्टि भने दिईने तर अधिकतम फाईदा भने नेपाललाई नै हुने जानकारी दिए । नेपालको आर्थिक वृद्धिका लागि भारतीय सहकार्य आवश्यक रहेको उनले बताए ।

उक्त सम्मेलनलाई विशेष गरि एक्स्पो र कन्क्लेभ गरि दुई भागमा व्यवस्थापन गरिने कार्यक्रम छ । जसमा २५० ईच्छुक व्यवसायी र लगानीकर्ता एक्स्पोमा सहभागी हुने लक्ष्य राखिएको छ । त्यसैगरी, एक्सपोमा विभिन्न ब्राण्डहरु जस्तैः रिटेल, शिक्षा, फिटनजेस, फेशन, फुड र बिभरेज, रियल एस्टेट, टेक्नोलोजी र अन्य व्यवसायीहरुको उपस्थित हुने जनाईएको छ ।

Advertisement

Advertisement

Advertisement