गणपति माइक्रोफाइनान्सको तीन लाख ३५ हजार कित्ता आइपीओ आउँदै

Advertisement

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले तीन लाख ३५ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ।

संस्थाले कुल आइपीओ मध्य पाँच हजार एक सय ७५ कित्ता कर्मचारी र १६ हजार सात सय ५० कित्ता  सामूहिक लगानी कोषलाई बिक्री गर्नेछ भने तीन लाख १३ हजार ७५ कित्ता सेयर सर्वसाधारणका लागि जारि गर्न लागेको जनाएको  छ। जसमा सय रुपियाँका दरले  न्यूनतम १० कित्तादेखि अधिकतम १५ सय कित्तासम्म भर्न पाउनेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल तथा गणपति माइक्रोफाइनान्स केन्द्रीय कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन मिल्ने बिक्री प्रबन्धक कम्पनीले जनाएको छ ।

यस आइपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । तर यस अवधिमा माग अनुसार आवेदन नपरेमा भने जेठ सात गतेसम्म भर्न सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

आइपीओबाट प्राप्त हुने पुँजी पशुपालन, खुद्रा व्यापार र सेवा कर्जा र साना तथा घरेलु कर्जामा लगनी गर्ने संस्थाले जनाएको छ  ।

Advertisement

Advertisement