प्रभु बैंकको ५ वटा नयाँ शाखा रहित बैंकिङ सेवा विस्तार

Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ् सेवा पुर्याउने उद्देश्यका साथ मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं. २ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं। ४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं। १ स्थित टुकुचे तथा वडा नं। ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं। ३ स्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

यी पाँचवटै शाखारहित बैंकिङ सेवा शभारम्भ गर्दा स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्घिजीवी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको थप ५ वटा शाखा रहित बैंकिङ सेवाबाट मुस्ताङ्ग र म्याग्दी जिल्लास्थित सम्बन्धित क्षेत्रका स्थानीय वासिन्दाहरुलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ् सेवा उपलब्ध हुने जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement