प्रमुख निर्वाचन आयुक्तमा थपलिया सर्वसम्मत

Advertisement

काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलियाको नाम सर्वसम्मत अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

थपलियाविरुद्ध समितिमा आधा दर्जन उजुरीहरु परेका थिए । उनी राजनीति दलमा आवद्ध रहेकाले प्रमुख आयुक्त बनाउन नहुने भन्दै नरोत्तम वैद्यले दलसँग नजिक व्यक्तिले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन नसक्ने धारणा राखेका थिए ।

तर थपलियाले आफूसँग कुनै पनि दलको सदस्यता नरहेको जिकिर गरेका थिए । उनले तीन महिनाभित्रै उपनिर्वाचन गर्ने पनि बताए । पूर्वसचिव थपलिया पूर्वएमालेसँग निकट मानिन्छन् ।

Advertisement

Advertisement

Advertisement