माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’ सञ्चालनमा

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ ।

कुनैपनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमाउक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता खोले बापत बैंक स्वयंले एक सय रुपियाँ खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ ।

५५ आकर्षक वार्षिक ब्याजदर प्रदानगरिने भनिएको यस खाताखोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनैपनि फोटो सहितको परिचयपत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र मार्फत उक्त खाता खोल्न सकिने व्यस्था रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement