नेपालको प्रवेश अब अन्तरिक्ष युगमाः प्रधानमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब अन्तरीक्ष युगमा प्रवेश गरेको बताएका छन् । प्रधानमन्त्रीले भू–उपग्रहको तस्वीर सहित नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको खुसी व्यक्त गर्दै ट्विट गरेका हुन् ।

उनले आज बिहान ट्विट गर्दै भने, ‘आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट—१‘ प्रक्षेपण भएको छ । यो सँगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु ।”

Advertisement

Advertisement

Advertisement