लुम्बिनी इन्सुरेन्स इन्टरनेशनल गल्फ टुर्नामेन्ट २०१९ सम्पन्न

Advertisement

काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामायहि बैशाख ६ र ७गते रोयल नेपालगल्फक्लब एयरपोर्टमादुइदिने अन्तराष्ट्रिय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेको कम्पनीले जनाएको छ ।

खेलकुदमार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए । सो अवसरमा उत्कृष्ट अर्थात् सुपर सिनियर खेलाडी विजय मोक्तान घोषित भएका थिए । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए ।

वि.सं. २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्सुरेन्सले फेयर एण्ड राइजिङ्ग, स्मार्ट एण्ड सर्भिस र क्वालिटी म्यानेजमेन्टमा आइएसओ सर्टिफाईड मान्यता प्राप्त गर्न सफल भएको छ । हाल ४५ शाखामार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधा उपल्ब्ध गराउदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले बताए । कम्पनीले चालु आर्थिक वर्ष भित्रै तोकिए बमोजिमको चुक्तापूँजी पुर्याउने उनले बताए, यो टुर्नामेन्ट कम्पनीको दोश्रो संष्करण भएको जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement