सनराइज बैंक र एसियन लाइफबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता

Advertisement

काठमाडौँ । सनराइज बैंक लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौताअनुसार सनराइज बैंकले देशभर रहेका १०४ वटै शाखाबाट एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा योजनाहरू बिक्री गर्न सक्ने जनाएको छ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

Advertisement

Advertisement

Advertisement