नेपाल राष्ट्र बैंकले १५ अर्बको रिपो जारी गर्दै

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्बको रिपो जारी गर्न लागेको छ । एक हप्ताको अवधिको लागि जारी गर्न लागेको रिपो बोलकबोलबाट खरिद गर्न सकिने छ । रिपोको ब्याजदर बोलकबोलमा खरिदकर्ता, बैंक तथा वित्तीय संस्थालाई कम्तीमा ५ प्रतिशत तोकिएको छ ।

बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

बजारमा लगानी योग्य रकम अभावको समस्या समाधान गर्न राष्ट्र बैंकले उक्त रकम पठाउन लागेको हो । रिपोको बोलकबोल आज ३ बजे हुँदै छ भने आज नै जारी हुने छ । राष्ट्र बैंकका अनुसार रिपो वैशाख १९ गते परिपक्व हुनेछ ।

Advertisement

Advertisement

Advertisement