सुनको मूल्य बढ्ने क्रम जारी, तोलामा एक सयको वृद्धि

Advertisement

काठमाडौं । साताको दास्रो दिन आज सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ५९ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले बढेर ५९ हजार नौ सय रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार छ सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ३५५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५१ हजार एक सय रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर सात सय ३० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २६ रुपियाँनै कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement