सुनको मूल्यमा नयाँ रेकर्डः तोलाकै १ लाख ३० हजार पुग्यो

Advertisement

काठमाडौं । शुक्रबार प्रतितोला २ हजार १ सय बढेर सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज चाँदी पनि प्रतितोला १५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार  र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपियामा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यो साता पनि गत साता जस्तै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन सामान्य घटेको मूल्य त्यसपछिका दिनमा क्रमशः बढेर साताको पछिल्लो कारोबार भएको दिन अर्थात शुक्रबार भने हालसम्मकै उच्च मुल्य कायम भयो । 

अमेरिकी डलरको मूल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन् । 

undefined

Advertisement

Advertisement