पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु तत्काल काममा फर्कन सहमत

Advertisement

काठमाडौँ । माग पुरा भएपछि राष्ट्रिय पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् । नेपाल इन्जिनियर्स एशोसियसन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच भएको छलफलमा प्राविधिक तत्काल काममा फर्कन सहमत भएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावितको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई ध्यान दिई काममा लाग्न र गाउँपालिका तथा नगरपालिकामा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकलाई निर्देशन दिए । काममा नखटिए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागीय कारबाही गर्ने भएको छ ।

प्राविधिक अविनाश अमरले मागहरु पूरा भएको र काममा खटिने बताए । प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गएको हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।



 

Advertisement

Advertisement

Advertisement